Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८२
नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन
images

चितवन । निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा) निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो ।

१ अर्ब ६८ करोडमा निर्माण सम्झौता भएको थियो । तुँदी कन्स्ट्रक्सनले तयार गरेको पहिलो डिजाइन विभागबाट स्वीकृत नभएपछि पुनः दोस्रोपटक डिजाइन बनाइएको थियो । दोस्रोपटक बनाइएको डिजाइन स्वीकृत भएको सडक विभागको पुल महाशाखाका इन्जिनियर अमृत वर्माले जानकारी दिए । पुलको पहिलो डिजाइन भारतीय विज्ञसँग गराइएको थियो । जुन डिजाइन उपयुक्त नभएको भन्दै महाशाखाले अस्वीकार गरेको थियो ।

त्यसपछि कन्स्ट्रक्सनले पुनः दोस्रोपटक डिजाइन तयार गर्‍यो । यसपटक भने चीनको विश्वविद्यालयका प्रोफेसरको नेतृत्वको टोलीलाई बोलाएर डिजाइन तयार गरिएको थियो । ‘डलब पाइलन केबल स्टेड ब्रिज’ टाइपमा निर्माण हुने पुलको डिजाइन रिभ्यू गर्न चीनको टोन्जी विश्वविद्यालयका प्रोफेसर डा. देवेई चेनले गरेका हुन् । जुन डिजाइनलाई पुल महाशाखाले स्वीकृत गरेको हो ।

डेढ वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गरेका थिए । उक्त पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमा नै लागिसकेको थियो । नेपालमै पहिलोपटक बन्न लागेको निकै अत्याधुनिक पुल भएकाले डिजाइनमा समय लागेको हो ।
४२० मिटर लामो आकर्षक सिग्नेचर डिजाइनमा निर्माण गरिने पुल दुई लेनको बन्नेछ । तर गज्जबको कुरा त के छ भने यस पुललाई भविष्यमा तीन लेनसमेत गर्न सकिने छ । अहिले दुई लेन र एक लेन साइकल र फुटपाथका लागि छुटाइएको छ ।

नेपालको कर्णाली नदीमा बनेको पहिलो अत्याधुनिक पुलजस्तै नारायणीमा पनि बन्न लागेको हो । तर कर्णाली पुलमा एक मात्रै पिल्लर रहेको छ । नारायणी नदीमा निर्माण हुने पुलमा भने डलब केबल स्टेड हुनेछन् । दुई छेउका पिलरहरू १०० मिटरको दूरीमा र बिचको स्पान अर्थात् पिल्लर नभएको दुरी २२० मिटरको हुनेछ । जुन नेपालकै पहिलो डबल स्टेड ब्रिज हुनेछ ।

४२० मिटर लम्बाइको बन्ने सिग्नेचर ब्रिज र हाल सञ्चालनमा रहेको पुलको लम्बाई पनि ४२० मिटर नै रहेको छ । नारायणीमा पुल निर्माणका लागि बजेट अभाव नभएकाले काम तीव्र रूपमा अगाडि बढाइने सडक विभागले जनाएको छ । तर ठेक्का सम्झौता अनुसार ४ वर्षभित्र यसको काम सम्पन्न गरिसक्नुपर्ने छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यस पुलले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोड्नेछ । हाल नारायणी नदीमा रहेको एक मात्र पुल करिब ४४ वर्ष पुरानो भइसकेको छ । हाल सञ्चालन भइरहेको पुलको विकल्प नभएकाले यस पुललाई निर्माण गरिन लागेको हो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - १३:२४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology