Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या

कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या

इच्छाकामना न्युज

२७, कार्तिक २०८२
कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या
images

रौतहट । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुई दिनभित्रै  दुईजना किशोरीले आत्महत्या गरेका छन् । 

images
images

बुधबार दिउँसो सवा २ बजे कटहरिया नगरपालिका–८  बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया अविवाहित छोरी रञ्जिता   कुमारी यादवले आफ्नै घरको छाना मुनिको  धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी थिइन्। घटनाबारे सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा झुण्डिएको अवस्थामा रहेकी रञ्जिता मृत फेला परेको सई पौडेलले जानकारी दिएका छन्।

यसअघि  मंगलबार साँझ कटहरिया नगरपालिका–५ का जयमङ्गल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि घरभित्र सलको पासो लगाई आत्महत्या गरेकी थिइन्। सो समय घरमा अन्य कोही नभएको बताइएको छ।

दुवै घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। लगातार दुई किशोरीले आत्महत्या गरेको घटनाले स्थानीयवासीहरूमा चिन्ता फैलिएको छ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - ०८:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology