Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

कावासोतीमा सेन्ट्रल टावरको उद्घाटन

कावासोतीमा सेन्ट्रल टावरको उद्घाटन

images

रासस

२४, कार्तिक २०८२
कावासोतीमा सेन्ट्रल टावरको उद्घाटन
images

कावासोती।

नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै भवन (सेन्ट्रल टावर) निर्माण गरेको छ । कावासोती नगरपालिका वडा नम्वर ८ शैक्षिक चोकमा निर्माण गरिएको भवनको सोमबार उद्घाटन गरियो ।

कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले भवन उद्घाटन गर्दै नवलपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरेर सात तलाको भवन निर्माण गरिएको जानकारी दिनुभयो । भवन निर्माणको काम एसवन विल्डर्सले गरेको हो । यसअघि नारायणगढ (भरतपुर ओरालो)मा सुविधासम्पन्न अत्याधुनिक सेन्ट्रल टावर भवन निर्माण गरेर सेवा प्रदान भइरहेको छ ।

कलेजले दुबै ठाउँमा आफ्नै जग्गामा भवन निर्माण गरेको पौडेलले बताउनुभयो । नारायणगढमा निर्माण गरिएको सेन्ट्रल टावर नौ तलाको छ । प्रिन्सिपल पौडेलका अनुसार भवन लिफ्टसहित प्रविधि मैत्री छ । ‘सेन्ट्रल टावर अत्याधुनिक रुपमा निर्माण गरिएको छ, सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिएको छ ,उहाँले भन्नुभयो ।’ पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताउनुभयो ।

बिद्यार्थीका लागि सेन्ट्रल कलेजले आफ्नै बस सेवा समेत संचालन गरिरहेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले पाँचवटा बस सञ्चालनमा ल्याएको छ । सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए,युरोप,कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ ।

कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको र अष्ट्रेलिया र साउथ कोरियामा पनि संचालनको तयारीमा रहेको छ । यस्तै सेन्ट्रल गु्रपले स्टडी इन नेपाललाई प्राथमिकता दिँदै सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विएचएम र विआइटिएमका कक्षाहरु संचालन गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०८२ सोमवार - २०:००:२३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology