Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु

images

रासस

२२, कार्तिक २०८२
जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु
images

दाङ ।

दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।

राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवार लाई बुझाइएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - १८:३०:२४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology