Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पार्टी खाेल्दै मन्त्री कुलमान घिसिङ

पार्टी खाेल्दै मन्त्री कुलमान घिसिङ

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८२
पार्टी खाेल्दै मन्त्री कुलमान घिसिङ
images

नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने ।

२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै हाल उनी नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ भन्दै छलफल चलाइरहेका कुलमान अन्य पक्षसँगको सम्भावित मिलनबिन्दु कठिन हुने संकेत पाएपछि आफैं एकल प्रयासमा पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।

रास्वपासँगको संवाद बीचमै अलपत्र परेपछि कुलमानले छुट्टै दल दर्ता गर्ने तयारी गरेको उनीनिकट स्रोतले पुष्टि गरेको छ । ‘सम्भवतः बल्ब चुनाव चिह्नसहित उज्यालो नेपाल पार्टी नै प्रयोग हुनेछ,’ कुलमाननिकट एक नेताले भने, ‘यो चुनाव चिह्न लिएर जाँदा ब्रान्डिङ गर्नसमेत सजिलो हुने अपेक्षा छ ।’ यो दल दर्ताका लागि निर्वाचन आयोगमा गत असोजमै निवेदन परिसकेको छ । कुलमाननिकट स्रोतका अनुसार, दलको नेतृत्वमा आफू नै अगाडि आउने कि सदस्य मात्र रहेर अघि बढ्ने भन्नेमा चाहिँ टुंगो लागिसकेको छैन ।

‘ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पनि हुनुहुन्छ, चुनावको मनोनयन दर्ताअघि मन्त्रीको जिम्मेवारी छाड्ने कि नछाड्ने भन्ने हो,’ स्रोतले भन्यो, ‘यस विषयमा उच्च तहमा समेत छलफल गरेर उहाँले निर्णय लिनुहुन्छ ।’ अहिलेलाई तत्काल मन्त्रालय नछाडी नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढ्ने पक्षमा कुलमान रहेको स्रोत बताउँछ ।

पछिल्लो समय उनले नयाँ पार्टी गठनका लागि विवेकशील साझा पार्टी पृष्ठभूमिको एक समूह र रक्षा बमको नेतृत्वको नेपाल जेन–जी फ्रन्टसँग समेत संवाद गरिरहेका थिए । तर, उनीहरूले कुलमानको पार्टीको नाम र चुनाव चिह्नमा सहमति जनाएका थिएनन् । एउटा व्यक्तिलाई मात्र केन्द्रित गरेर दल बनाउँदा भविष्यमा कठिन अवस्था आउन सक्ने उनीहरूको बुझाइ थियो । विभिन्न तहमा भएका संवादमा रहेका एक नेताले कुलमान आफ्नो पार्टीको नाम र चिह्नबाट पछि हट्न नमानेको बताए ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - ०९:२६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology