Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

एम्बुलेन्समा गाँजा लैजाँदै गर्दा चालकसहित २ जना पक्राउ

एम्बुलेन्समा गाँजा लैजाँदै गर्दा चालकसहित २ जना पक्राउ

इच्छाकामना न्युज

२०, कार्तिक २०८२
एम्बुलेन्समा गाँजा लैजाँदै गर्दा चालकसहित २ जना पक्राउ
images

मोरङ । मोरङको जहदा गाउँपालिका–३ हातिबन्दास्थित सडकमा एम्बुलेन्समार्फत अवैध गाँजा लैजादै गरेका दुई जना पक्राउ परेका छन् ।

images
images

प्रहरीले एम्बुलेन्स चालक बिराटनगर-५ कोचाखलका ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गर्दै गएको को.३१ प.८८८९ नं.को मोटरसाइकल चालक जहदा-३ हातिबन्दाका ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार स.१ च.६५६ नं.को एम्बुलेन्स चेकजाँच गर्दा उक्त गाडीमा दुईवटा कालो झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा ३३.६१० केजी गाँजा फेला पारेको हो ।

उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - १४:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology