भरतपुर, २७ असोज
चितवन मेडिकल उपचाररत थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ज्यान गएको छ।
भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको गएराति ८ः१० बजेको समयमा ज्यान गएको अस्पतालका संचार संयोजक डा.किशोर अधिकारीले जानकारी दिनु भयो।
यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए। कोभिड आइसीयूमा उपचाररत उनको राति ज्यान गएको हो। योसंगै चितवनका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६ जना पुगेको छ।