Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बुटवलमा होटलमा केटीसँगै बसेका पुरुषको मृत्यु

बुटवलमा होटलमा केटीसँगै बसेका पुरुषको मृत्यु

इच्छाकामना न्युज

१७, कार्तिक २०८२
बुटवलमा होटलमा केटीसँगै बसेका पुरुषको मृत्यु
images

काठमाडौं । बुटवलको मिलनचोकस्थित एक होटलमा परस्त्रीसँग बसेका पुरुषको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

images
images

उनी शनिबार दिउँसो बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासँग पुगेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार क्षेत्रीको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको छ । क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए । ‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे भन्न गाह्रो छ,’ डीएसपी रानाले भने ।

प्रहरीका अनुसार, शनिबार दिउँसो बुटवल-२ पाखा पानीकी ३० वर्षीया महिलासँग क्षेत्री होटलमा प्रवेश गरेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ । उनीहरूका साथमा दुईजना बालबालिका पनि थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार, उनीहरूले होटलको फरक-फरक तलामा दुईवटा कोठा बुक गरे पनि सँगै बसेर खाजा खाएका थिए ।

माथिल्लो तलामा बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलामा रहेको अर्को कोठामा सरेका थिए । अचानक क्षेत्री बेहोस भएको भन्दै उनीसँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन् । तत्कालै एम्बुलेन्समार्फत क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाको सम्बन्धमा क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति र परिस्थिति हेर्दा यसमा थप रहस्य लुकेको हुनसक्ने आशंकामा प्रहरीले गहन अनुसन्धान गरिरहेको छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - ०९:१३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology