Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुल्मीमा आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते

गुल्मीमा आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
गुल्मीमा आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते
images

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

images
images

२३ वर्षीय भोटबहादुर बिकले ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकलाई शनिबार दिउँसो हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । बुवा धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गम्भीर घाइते दिलमायालाई जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

कुटपिट गर्ने छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक सन्तुलन ठिक नभएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:५३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology