Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ को चितवनमा पनि जिल्ला समिति गठन

मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ को चितवनमा पनि जिल्ला समिति गठन

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ को चितवनमा पनि जिल्ला समिति गठन
images

चितवन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्लामा पनि समिति गठन भएको छ । शनिवार आयोजित एक भेलाले चन्द्र बहादुर तामाङको संयोजकत्वमा श्रम संस्कृति पार्टीको चितवन जिल्ला समिति गठन भएको हो ।

images
images

पार्टीको चितवन जिल्ला सहसंयोजकमा राजु खड्का, सचिवमा माधव पुन, सहसचिवमा दिनेश तामाङ र कोषाध्यक्षमा मीना लोप्चन रहनुभएको छ । त्यस्तै, जिल्ला सदस्यहरुमा सन्त तामाङ, समीर तामाङ, सुर्य बहादुर घले, चिन बहादुर तामाङ, लाप्साङ लोप्चन, लेख बहादुर पुन, दिनेश तामाङ, राजकुमार तामाङ, बुद्धि बहादुर गुरुङ, बसन्त कुमार क्षेत्री, पारस गुरुङ र प्रकाश रिजाल क्षेत्री रहनुभएको जिल्ला सचिव पुनले जानकारी दिनुभयो ।


यसैबिच, नवगठित श्रम संस्कृति पार्टीको चितवन जिल्ला समितिले शनिवार भरतपुरमा सरसफाई कार्यक्रम गरेको छ । बसपार्क क्षेत्र वरपरको फोहर संकलन, सरसफाइ र वातावरण सुन्दर बनाउन सहभागीहरूले संयुक्त प्रयास गरेको जिल्ला सचिव पुनले जनाउनुभयो । कार्यक्रमको उद्देश्य सार्वजनिक स्थल स्वच्छ राख्दै श्रमप्रतिको सम्मान र सामूहिक उत्तरदायित्वबोध जगाउने रहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:३३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology