चितवन । “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने नारा सहित तमु प्ये ल्हु संघ, चितवनले समुदायको आस्था र गौरवको प्रतीक रुपमा रहेको ‘क्होइबो धीं’ निर्माणका लागि सुरु गरेको जमिन खरीद महाअभियान–२०८१ लाई सफल बनाउन तमू प्ये ल्हु संघ युवा समिति चितवनले आर्थिक सहयोग गरेको छ ।
यस अभियानअन्तर्गत तमू प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष बिशु लामा गुरुङको नेतृत्वमा सम्पूर्ण युवा कार्यसमितिको तर्फबाट ५१ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै तमु जातिको मूल धर्म, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा तमू प्ये ल्हु संघ युवा कार्यसमिति सदैव सक्रिय रहने र समुदायको आवश्यकता परेमा भविष्यमा पनि यसरी नै सहकार्य र सहयोग गर्न हामी सधैं तयार रहको अध्यक्ष बिशु लामा गुरुङले बताए ।
युवा समितिले तमू प्ये ल्हु संघ चितवनको क्होइवो निर्माणका लागि जमिन खरिद महादान अभियानमा आर्थिक सहयोग गरेकोमा संघका अध्यक्ष बिक्रम च्हम्रु गुरुङले धन्यवाद ज्ञापन गर्दै
यो योगदानले ‘क्होइबो’ निर्माण अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको बताए ।
तमु प्ये ल्हु संघ, चितवनले विगतदेखि नै सांस्कृतिक, सामाजिक र धार्मिक विकासका विभिन्न अभियानमार्फत समुदायको एकता र पहिचान सुदृढ पार्दै आएको छ।