Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बिपी राजमार्गमा दुई दिन रातको समयमा सवारी आवागमन निषेध

बिपी राजमार्गमा दुई दिन रातको समयमा सवारी आवागमन निषेध

इच्छाकामना न्युज

१३, कार्तिक २०८२
बिपी राजमार्गमा दुई दिन रातको समयमा सवारी आवागमन निषेध
images

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ ।

images
images

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै दुई दिनसम्म रातको समयमा सवारीसाधन सञ्चालन नगर्न सबै सरोकार भएकालाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, “कात्तिक १३ र १४ गतेको साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौँतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।”

उक्त समयमा सवारीसाधन खुर्कोट बजारमा रोकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सबैलाई आग्रह गरे । दिउँसोको समय भारी वर्षा भएमा सुरक्षा निकायको समन्वयमा जुनसुकै स्थानमा सवारीसाधन रोक्न सकिने उनले जानकारी दिए । 

“रातको समयमा सवारी सञ्चालन रोक्नुको उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र आकस्मिक दुर्घटनाबाट मानवीय र भौतिक क्षति जोगाउनु हो । बिपी र मध्यपहाडी मार्गका केही खण्डमा जोखिम अत्याधिक बढेकाले रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले भने ।

भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम देखिएकाले यात्रुलाई अनावश्यक यात्रा नगर्न र मौसम सुधार भएपछि मात्र यात्रा गर्न उनले सुझाव दिए ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - २१:०७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology