Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वको चर्चित मनकामना धाममा लाग्ने एकादशी मेलाको तयारी पूरा

पूर्वको चर्चित मनकामना धाममा लाग्ने एकादशी मेलाको तयारी पूरा

इच्छाकामना न्युज

१३, कार्तिक २०८२
पूर्वको चर्चित मनकामना धाममा लाग्ने एकादशी मेलाको तयारी पूरा
images

सङ्खुवासभा । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी पूरा भएको छ ।

images
images

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण किनारामा ऐतिहासिक तथा धार्मिकस्थल मनकामनाधाम यसवर्ष भव्यरूपमा शतवार्षिकी एकादशी मेला शुक्रबार राति ठूलो मेला लाग्ने भएको छ । विसं १९८२ बाट सुरु भई निरन्तर परम्परागतरूपमा मनाउँदै आएको मनकामना धामको एकादशी मेला यसपाली गौरवपूर्ण १००औंँ वर्षमा प्रवेश गरेको छ ।

मनकामना परिसरमा हरेक वर्ष लाग्ने हरिबोधनी एकादशी अघिल्लो दिन राति लाग्ने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ । परिवार तथा आफन्तको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक वर्षको हरिबोधिनी एकादशीको अघिल्लो राति यस मन्दिरमा रातभरी जाग्राम बसी बत्ती बाल्ने प्रचलन रहेको छ ।

यसरी बत्ती बाल्दा मृत्तात्माले शान्ति पाउने विश्वास रहिआएको छ । मनकामना धाममा दर्शन गरेमा दुःख, कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गर्दछन् । मेलाको अवधिभर धार्मिक पूजाआजा, भजनकीर्तन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शनी र सामुदायिक भेटघाट कार्यक्रम सञ्चालन गरिने छ । स्थानीय पर्यटन प्रवद्र्धन, सामाजिक एकता सुदृढीकरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

त्यस्तैगरी ठूलो एकादशी मेलाको अवसरमा खाँदबारी नगरपालिकाले कात्तिक १४ गते एक दिन सार्वजनिक बिदा दिएको छ । ठूलो एकादशीका नामले चिनिने हरिबोधिनी एकादशीको अवसरमा पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ ।

भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ । मनकामना परिसरमा लाग्ने एकादशी मेलालाई सभ्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको मनकामना मेला व्यवस्थापन समितिका अध्यक्ष विजय काल्धनले जानकारी दिनुभयो । चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ ।

हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान तथा झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - १९:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology