Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

इच्छाकामना न्युज

११, कार्तिक २०८२
मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित
images

काठमाडौँ / हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । 
हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।

images
images

स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १२:५६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology