Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको प्रधानमन्त्रीको भनाइ 

अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको प्रधानमन्त्रीको भनाइ 

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको प्रधानमन्त्रीको भनाइ 
images

काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको र शान्तीको नयाँ युगमा प्रबेश गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शान्तीको लागि दिईएको यो योगदानको लागि विप्लबलाइ धन्यवाद  दिनुभयो ।  विप्लबले शान्तीपूर्ण कदमको माध्यमबाट नेपाली जनताको मन जितेको  पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

images
images

आफुहरु समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर स्वाधिन र स्वाभिमानी नेपालीको लागि काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सोही आकंक्षा पूरा गर्ने क्रममा यो सहमति भएको बताउनुभयो । अब नेकपाले शान्तीपूर्ण ढंगले गतिबिधिहरु गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जेलमा रहेको नेकपाका कार्यकर्तालाइ प्रक्रिया मिलाएर छुटाउदै लैजाने विश्वास दिलाउनुभयो । बिप्लबसंगको वार्ताको लागि बर्षौ देखि प्रयास चलिरहेको र यो सहमति रातारात नभएको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । अब एकतावद्ध भएर देशलाइ समृद्ध देशको रुपमा अगाडी बढाउने समय आएको र पुर्वजका योगदान र अनुभवलाइ समेटेर अगाडी बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।  

यस्तै, प्रधानमन्त्री ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको पनि बताउनुभएको छ । ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा प्रस्ताब राखेर हिँडेको बताउनुभयो । हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं, प्रधानमन्त्रीले भन्नुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १९:१७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology