Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको नेता विप्लबको भनाइ  

सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको नेता विप्लबको भनाइ  

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको नेता विप्लबको भनाइ  
images

काठमाण्डौ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीनबुँदेमा आफुहरु प्रतिवद्ध रहेको र पालना गर्ने बताउँदै आशंका वा कुतर्क नगर्न आग्रह गर्नुभयो ।

नेता विप्लवले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताउनुभएको छ । नेपाली राजनीतिक आन्दोलनको यो  एउटा नयाँ दिन हो, यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र  धन्यवाद दिन चाहन्छु नेता बिप्लबले भन्नुभयो । सहमतिको पछाडि एउटा महान आकांक्षा रहेको बताउँदै उहाँले नेपाललाई स्वाधीन, आत्मनिर्भर र सुन्दर बनाउने बताउनुभयो ।

विप्लवले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने पनि बताउनुभयो । "कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ, तर झुक्दैनौ" -विप्लबले भन्नुभएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १९:१४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology