Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रामनगरमा पर्यटक बसले ठक्कर दिँदा गोर्खा छोप्राकका दामोदर घिमिरे मृत्यु

रामनगरमा पर्यटक बसले ठक्कर दिँदा गोर्खा छोप्राकका दामोदर घिमिरे मृत्यु

images

इच्छाकामना न्युज

३०, आश्विन २०८२
रामनगरमा पर्यटक बसले ठक्कर दिँदा गोर्खा छोप्राकका दामोदर घिमिरे मृत्यु
images

चितवन । नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१ रामनगरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिपरित दिशाबाट आउदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गोरखा साबिक छोप्राक गाविस–२ बस्ने वर्ष ४० का दामोदर घिमिरे गम्भिर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरीले बस र बस चालक धादिङ सिद्धालेख गाउँपालिका–३ बस्ने वर्ष ३६ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८२ बिहिवार - २२:४४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology