Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले नेता सूर्य थापाले फिर्ता गरे कूटनीतिक राहदानी

एमाले नेता सूर्य थापाले फिर्ता गरे कूटनीतिक राहदानी

इच्छाकामना न्युज

२७, आश्विन २०८२
एमाले नेता सूर्य थापाले फिर्ता गरे कूटनीतिक राहदानी
images

काठमाण्डौ । निवर्तमान सांसद सूर्य थापाले आज (सोमबार) कूटनीतिक राहदानी संसद् सचिवालयमा फिर्ता गरेका छन्। नेकपा एमालेका पोलिटब्युरो सदस्य थापाले प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त कूटनीतिक राहदानी सांसद पद गुमेपछि फिर्ता गरेका हुन्।

images
images

‘प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेँ आज’, थापाले जानकारी गराएका छन्,  ‘यसमा नेपाल, बैंकक, अवाजा, तुर्कमिनिस्तान र दुबई भ्रमण अभिलेखबद्ध छ।’

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेसँगै प्रतिनिधि सभा विघटन गरिएको थियो। जसका कारण सबै प्रतिनिधि सभा सदस्य (सा‌ंसद) को पद गुमेको हो। 

अब प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी फागुन २१ गते चुनाव हुँदै छ।     

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - २०:००:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology