Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम साता हुने

एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम साता हुने

इच्छाकामना न्युज

२७, आश्विन २०८२
एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम साता हुने
images

काठमाण्डौ । नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। आइतबार बसेको सचिवालयको ५८औं बैठकले एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

images
images

उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ।

एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहा भएको थियो।

मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षका लागि भए पनि एमालेले एक वर्षअगावै महाधिवेशन गर्न लागेको हो।

एमालेले दोस्रो विधान महाधिवेशन गरेर नीति र विधान तय गरिसकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको थियो। एमालेको ११ औं महाधिवेशन नेतृत्व महाधिवेशन हो। यसले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:३१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology