Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कार्की सरकार नेपालीको नभई प्रायोजित हो : केपी ओली

कार्की सरकार नेपालीको नभई प्रायोजित हो : केपी ओली

images

इच्छाकामना न्युज

२३, आश्विन २०८२
कार्की सरकार नेपालीको नभई प्रायोजित हो : केपी ओली
images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको नभएको दाबी गरेका छन् । बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा बोल्दै ओलीले भने, “यो नेपालीको सरकार होइन ।”

उनले गृहमन्त्रीलाई आफू नचिनेको भए पनि काम सम्हाल्न सुझाव दिए र राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी पनि दिए । ओलीले वर्तमान प्रधानमन्त्रीले पद पाउन संसद् भंग गर्ने सर्त राखेको र यसले जनताको सर्वोच्च सार्वभौम संस्थाको आधार कमजोर गरेको आरोप लगाए ।

उनले संविधानअनुसार प्रधानन्यायाधीश वा न्यायाधीशले मन्त्री वा प्रधानमन्त्री बन्न नपाउने कुरा स्मरण गराउँदै सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिबाट तोकिएको तर पालनामा ढिलाइ भएको बताए । साथै, उनले राति मिटिङ गरेर रमेश लेखक पक्राउ गरेको, पासपोर्ट रोक्का गरिएको र उपत्यका छाड्न नदिइएको घटनालाई सरकारको तमासा ठहराए ।

ओलीले जनेजीका बालबालिकालाई अगाडि राखेर हिंसा गर्नेहरूलाई कारबाही नगरेको पनि सरकारको कमजोरी बताए ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - १४:२६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology