Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

राति ९ बजेदेखि मुग्लिन र रामनगरमै रोकिए सवारी साधन

राति ९ बजेदेखि मुग्लिन र रामनगरमै रोकिए सवारी साधन

images

इच्छाकामना न्युज

१९, आश्विन २०८२
राति ९ बजेदेखि मुग्लिन र रामनगरमै रोकिए सवारी साधन
images

चितवन । चितवनमा सवारी आवागमन गर्ने तालिका संशोधन गरिएको छ । आज साँझ ६ बजेदेखि चितवनमा सवारी आवागमन बन्द गर्ने भनिए पनि अहिले राति ९ बजेपछि मुग्लिन बजार र रामनगरमा सवारी साधान रोकिएका छन् । प्रहरीले समय परिवर्तन भएसँगै अहिले राति ९ बजेबाट बन्द गरिएको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए । परिस्थिति हेरेर बन्दको तालिका संशोधन गरिएको उनले बताए । उनका अनुसार नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–मौवा खोला सडक खण्ड मात्रै रातिको समयमा बन्द हुनेछ । यो बढी जोखिमपूर्ण सडक भएकाले राति बन्द गर्न लागिएको हो । पूर्व पश्चिम राजमार्ग भने निर्वाध रुपमा संचालन हुनेछ । चितवनबाट पश्चिम बुटवलतर्फ जाने सवारी र पूर्व मकवानपुरतर्फ जाने सवारी साधन निर्वाध रुपमा संचालन हुनेछ ।

मनसुनको जोखिम कायमै रहेको भन्दै चितवन प्रशासनले रातिदेखि भोलि विहानसम्मका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो । यहाँ जुनसुकै बेला पहिरो खस्ने संभावना भएकाले रातीमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

यसअघि हिजो साँझ ६ बजेदेखि पनि चितवनका सडक बन्द गरिएको थियो । रातिको समयमा बढी जोखिम हुने भएकाले आवागमन दुईतर्फी नै बन्द गर्ने निर्णय गरिएको हो । चितवन प्रहरीले चितवन आउन चाहनेले आज राति ९बजे भित्रमा चितवन आइसक्नु पर्ने र काठमाडौं, पोखरा जान चाहने सवारी साधन पनि ९ बजे भित्रमा चितवनबाट छुटी सक्नु पर्ने भनेको छ । 

यस्तै प्रहरीले ९ बजे भित्र चितवन प्रवेश गरेका सवारी साधनहरुलाई लेन अनुशासन पालना गरी सुरक्षित रुपमा रहन आग्रह गरेको छ । मौसमको अवस्था हेरेर आवागमन बारे थप जानकारी दिइने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - २१:४२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology