Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

इच्छाकामना न्युज

११, आश्विन २०८२
दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ
images

सुलीकोट । गोरखामा दुई थान बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ३ आँपपिपलस्थित मैबलका ६३ वर्षीय राम बहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

images
images

उहाँका अनुसार शुक्रबार राति १० बजे गोप्य सूचनाको आधारमा राना मगरको घरमा खानतालसी गर्दा एक नाले दुई थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गज समेत बरामद गरेको उहाँले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीेले दुई थान हतियारसहित रानालाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology