Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायाणकाजीले माओवादी बैठकमा अध्यक्ष माग्दा हलमा गुन्जियो हासोको फोहरा

नारायाणकाजीले माओवादी बैठकमा अध्यक्ष माग्दा हलमा गुन्जियो हासोको फोहरा

इच्छाकामना न्युज

१०, आश्विन २०८२
नारायाणकाजीले माओवादी बैठकमा अध्यक्ष माग्दा हलमा गुन्जियो हासोको फोहरा
images

काठमाडौ – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौमा जारी छ । हिजो बिहिवारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुर्नगठन र नयाँ नेतृत्व बारे मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेका थिए । भाद्र २३ र २४ गत्ते जेन जी आन्दोलनने सबै पार्टीहरुमा पुर्नगठनको मुद्धाले स्थान पाएको छ । 

images
images


माओवादी केन्द्रीय समिति बैठक आजसम्म चल्ने छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए । 
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धाराणा राख्ने क्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेपछी बैठक हल हासोको फोहराले गुञ्जिएको थियो । एक केन्द्रीय सदस्यले इच्छाकामना न्यूजसँग भने, म पनि हाँसे ! हामीले उनलाई प्रतिप्रश्न गरौ, अध्यक्ष पछि वरिष्ठ उपाध्यक्षले अध्यक्ष दाबि गर्नु स्वभाविक होइन र ? उनको उत्तर थियो, अहिले दुई कारणले उयपुयत्त छैन । पहिलो, अध्यक्षले राजीनामा दिएको अवस्था छैन, दोस्रो, अध्यक्ष माथि कारवाही वा अरु कुनै किसिमको मुद्धा नभएको समयमा कार्यवाहक माग्ने कुरा स्वभाविक रहन्न । 


त्यस्तै बैठकमा सहभागी अर्काे केन्द्रीय सदस्यले, नारायणकाजी कमरेडले कार्यवाहक माग्ने र नदिए पार्टी विभाजन गर्न सक्ने समेत योजना रहेको कुरा बताए । नारायणकाजी निकट एक केन्द्रीय सदस्यले आफूहरुको पार्टी विभाजन गर्ने योजना नभएको बताए । मात्र नेतृत्व परिवर्तनको कुरा अघि सारेको बताए । उनले थपे हामी माथि सस्थापन पक्षले पटक–पटक यस्तो आरोप लगाउँदै आएको छ । हामी यसलाई चिरेर अघि बढ्छौ, पार्टी निर्माण र शुद्धिकरण बाहेक हाम्रो अर्काे एजेण्डा छैन । 


विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् । 

images
प्रकाशित मिति :आश्विन १०, २०८२ शुक्रवार - ०९:११:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology