Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

खोटाङमा शङ्कास्पद अवस्थामा युवती मृत फेला

खोटाङमा शङ्कास्पद अवस्थामा युवती मृत फेला

इच्छाकामना न्युज

३१, भाद्र २०८२
खोटाङमा शङ्कास्पद अवस्थामा युवती मृत फेला

खोटाङ । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएकी छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो ।

images

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका आइतबार अपराह्न ४ बजे  कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा रेश्मिकाको शव सडकभन्दा करिब १५० मिटर तल बाँसघारीमा भेटिएको हो । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । जिल्लाबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली पनि घटनास्थलमा पुगेको छ ।

घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको आशङ्का गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफन्तका अनुसार घटनाअघि तिरतिरेधाराबाट ४.५३ बजेतिर रेश्मिका र श्रीमानबिचमा फोन सम्पर्क भएको थियो । त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखापरेको बताइएको छ । 

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १३:३२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology