Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा धर्म प्रचार गर्दै बिजनेश भिसामा आएका ताइवानी

गोरखामा धर्म प्रचार गर्दै बिजनेश भिसामा आएका ताइवानी

इच्छाकामना न्युज

२७, आश्विन २०७७
गोरखामा धर्म प्रचार गर्दै बिजनेश भिसामा आएका ताइवानी
images

गोरखा, २७ असोज
बिजनेश भिसामा नेपाल आएका एक ताइवानी धर्म प्रचारप्रसारमा सक्रिय भएको पाइएको छ।
बिजनेश भिसामा ताइवानको ताइचुङ सिटीबाट आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा धर्म प्रचारमा सक्रिय रहेका हुन् ।
‘१५ बर्षअघि बिजनेश भिसामा नेपाल आएको हुँ । काठमाडौंको नयाँ बानेश्वरमा होङजिन होटल छ’, उनी भन्छन्, ‘तर अहिले होटल छैन । अहिले गोरखामा चाइनिज भाषा सिकाउने गर्छु ।’ उनले तावा धर्म प्रचार गर्ने गरेको पनि स्वीकार गरे ।
‘गोरखा बजार र आसपासका धेरै गाउँहरुमा मेरा साथीहरु छन् । घरघरमा गएर भेट्छु’, उनी भन्छन्, ‘गैरीकुवामा तावा मन्दिर बनाउन सुरु गरेका थियौँ । जग्गाको विवादका कारण अधुरो रहेको छ।’
प्रशासन कार्यालयले कडाइ गरेपछि गत चैत महिनामा गोरखा छोडे पनि फेरि एक महिनाअघि आएर धार्मिक गतिविधिमा सक्रिय रहेको उनले बताएका छन्।
उनी रोहटेपानीस्थित नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा डेरा गरी बस्छन्।
सोही ठाउँमा स्थानीयहरुलाई भेला गरी चिनियाँ भाषा सिकाउने काम गर्ने गर्छन्।
सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई जिल्ला छाड्न सचेत गराइसकिएको बताएउनुभएको छ।

images
images

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०८:२७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology