Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

‘जेन जी’ आन्दोलन : विध्वंसका बिच खडा रहेको बागमतीको मुख्यमन्त्री कार्यालय

‘जेन जी’ आन्दोलन : विध्वंसका बिच खडा रहेको बागमतीको मुख्यमन्त्री कार्यालय

इच्छाकामना न्युज

२८, भाद्र २०८२
‘जेन जी’ आन्दोलन : विध्वंसका बिच खडा रहेको बागमतीको मुख्यमन्त्री कार्यालय
images

मकवानपुर । देशव्यापी रूपमा चर्किएको ‘जेनजी’ आन्दोलनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि देखियो । हेटौंडामा आन्दोलन हिंसात्मक नबने पनि विध्वंसात्मक रह्यो ।

images
images

प्रदर्शनकारीले राजधानीमा रहेका अधिकांश सरकारी था निजी सम्पत्तिमा तोडफोड गरे । भ्रष्टाचार तथा बेथिति नियन्त्रणको माग तथा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीले हेटौंडाका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

हेटौंडामा भदौ २३ गते भएको प्रदर्शन शान्तिपूर्ण रहे पनि २४ गते भने निकै विध्वंसात्मक गतिविधि भएका थिए । हेटौंडामा भएको प्रदर्शनले उग्र रूप लिँदा प्रदर्शनकारीहरूको निसानामा सरकारी संरचना परेका थिए ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने खासै क्षति व्यहोर्नु परेन । कार्यालयको चमेना गृहका केही सिसामा क्षति पुगे पनि प्रशासकीय भवनमा क्षति पुगेको छैन ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै रहेको उक्त कार्यालयमा क्षति पुर्‍याएका छैनन् । प्रशासन कार्यालयको सुरक्षाका लागि बाक्लो मात्रामा खटिएका प्रहरी र सेनाको टोलीले भवनलाई सुरक्षा प्रदान गरेका थिए । पटक–पटक प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय तोडफोडका लागि आक्रामक रूपमा अघि बढेका प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मी सफल भएका थिए । सोही कारण मुख्यमन्त्री कार्यालयको कम्पाउन्डभित्रै रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा पनि क्षति पुगेको छैन ।

प्रशासन कार्यालयसँगै रहेको मकवानपुर जिल्ला अदालत र सहरी विकास तथा भवन कार्यालय मकवानपुरमा भने प्रदर्शनकारीले तोडफोडसहित आगजनीसमेत गरेका थिए ।

प्रदर्शनकारीले सुरुवातदेखि नै हेटौंडा उपमहानगरपालिकाको भवनलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढाबाट कार्यालयको अगाडिको गेट, पर्खाल र भवनका सिसाहरूमा क्षति पुगेको छ । प्रदर्शनको क्रममा आन्दोलनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै मकवानपुरका केही नेताहरूको निजी निवासमा समेत आगजनी गरेका थिए ।

प्रदर्शनकारीको आक्रमणबाट हेटौंडाका अधिकांश सरकारी संरचना ध्वस्त पारेका छन् ।

कुन–कुन कार्यालय ध्वस्त भए ?

आन्दोलनका क्रममा मकवानपुरमा रहेका प्रदेश र जिल्लाका विभिन्न सरकारी, सार्वजनिक तथा निजी संरचना खण्डहरमा परिणत भएका छन् । आन्दोलनका क्रममा हेटौंडा–१० मा रहेको प्रदेश सभा सचिवालय, बागमती प्रदेशको भवन, आन्तरिक राजस्व कार्यालय मकवानपुर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगपालिका १० नम्बर वडा कार्यालय जलेका छन् ।

2-samsad (8)

हेटौंडा–१ स्थित ४ वटा मन्त्रालय रहेको भवन ध्वस्त भएको छ, जसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा ऊर्जा सिंचाइ मन्त्रालय, र भौतिक पूर्वाधार विकास मन्त्रालय थियो ।

हेटौंडा–२ मा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, लोक सेवा आयोग हेटौंडा कार्यालय, उच्च अदालत पाटनको हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर, सरकारी वकिल कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास, बागमती प्रदेश प्रमुख सचिवको निवास, मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाको कार्यालय, सहरी विकास तथा भवन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडा, कर्मचारी सञ्चय कोष हेटौंडा, नापी कार्यालय मकवानपुर, सरकारी वकिल कार्यालय जलेका छन् । भाटभटेनी सुपरमार्केट समेत आन्दोलनको क्रममा जलाइएको छ ।

3-541610225_808067528457818_2330744675089978996_n

हेटौंडा–११ मा रहेका सहकारी तथा गरिबी निवारण मन्त्रालय, यातायात सेवा कार्यालय, प्रदेश आपतकालीन आपूर्ति केन्द्र र ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ ।

4-541947183_795855832890918_6670747076939357550_n (1)

बकैया गाउँपालिका कार्यालय, मनहरी गाउँपालिका कार्यालय, हटौंडा उपमहानगपालिका वडा नम्बर ३ को कार्यालय भवन, वडा नम्बर ४ को कार्यालय, प्रदेश लोकसेवा आयोग हेटौंडा, सञ्चार रजिष्टारको कार्यालय हेटौंडामा क्षति पुगेको छ ।

5-544354487_1042400764466170_6856955176983568415_n (1)

राजनीतिक दलका कार्यालय तथा व्यक्तिगत सम्पत्तिहरूमा पनि आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीले कांग्रेसको जिल्ला पार्टी कार्यालय, एमालेको जिल्ला पार्टी कार्यालय, पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको घर, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निजी २ वटा घर, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको घर, संघीय सांसद महेश कुमार बर्तौलाको घर र बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको घर तथा हेटौंडा–४ स्थित ग्रीन हाउसमा समेत तोडफोड र आगजनी गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - ०९:०१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology