Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेस र जसपासँग सहकार्यका लागि छलफल गर्न आफुहरु तयार भएको प्रचण्ड–माधव समूहको भनाई

कांग्रेस र जसपासँग सहकार्यका लागि छलफल गर्न आफुहरु तयार भएको प्रचण्ड–माधव समूहको भनाई

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
कांग्रेस र जसपासँग सहकार्यका लागि छलफल गर्न आफुहरु तयार भएको प्रचण्ड–माधव समूहको भनाई
images

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठीमा अध्यक्ष नेपालले वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाधक नबन्ने बताए । मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफुहरु तयार रहेको उनको भनाई छ ।

‘प्रतिगमनका विरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।’ उनले भने– ‘नेपाली काँग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुल्ला रुपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्सनको निम्ति तयार छौँ । हामी बाधक होइनौँ । हामी समस्या होइनौं । हामी समस्या समाधानको निम्ति तयार छौँ ।’

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:३८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology