Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

भरतपुर कारागारमा १४० कैदीबन्दी फर्किए

भरतपुर कारागारमा १४० कैदीबन्दी फर्किए

images

इच्छाकामना न्युज

२७, भाद्र २०८२
भरतपुर कारागारमा १४० कैदीबन्दी फर्किए
images

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १४० कैदीबन्दी फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।” भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।” कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए ।

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - २०:५०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology