Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

इच्छाकामना न्युज

२७, भाद्र २०८२
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । भदौ २४ गते अपरान्ह उप-मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर-२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा आज मृत्यु भएको हो ।

images

ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपमेयर अधिकारीको घर पुर्णरुपमा क्षती पुगेको छ ।

यस्तै पुर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज विहान राप्ती नगरपालिका-७ सिक्स ग्रुप स्थित अमृतपानी खानेपानी तथा सरसफाई समितिको चेम्बर भित्र स्थानीय ४० वर्षका कमल घलेको डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - १८:५०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology