Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जेनजीकै माग अनुसार अघि बढ्नुपर्छ : रवि लामिछाने

जेनजीकै माग अनुसार अघि बढ्नुपर्छ : रवि लामिछाने

इच्छाकामना न्युज

२५, भाद्र २०८२
जेनजीकै माग अनुसार अघि बढ्नुपर्छ : रवि लामिछाने
images

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले मुलुकको नेतृत्व जेनजीकै माग अनुसार अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार नख्खु जेलबाट बाहिरिएपश्चात उनले जेन्जीकै परिकल्पना अनुरुप अघि बढ्नपर्नेमा आफू स्पष्ट रहेको बताएका हुन्।

images
images
उनले लुटेराको बाँकि सम्पति पूर्ण रुपमा राष्ट्रीयकरण गर्नुपर्ने धारणा राखे। ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन। यिनको बाँकी सम्पति पनि पूर्ण रुपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।’ उनले थपे, ‘तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन्। जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन बिशुद्द जेन जीको हो। मुलुकको अबको नेतृत्व  जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु। र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।’
 
आम नागरिकको दबाबपछि सरकारले आफ्नो रिहाईको लागि कानुबमोजिमको प्रकिया पुरा गरेर पत्र थमाएपछि कारागारबाट रिहा भएको बताए। उनले भने, 'यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भबिष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु। अब सबैलाई संयमित हुन आग्रह गरे। लामिछानेलाई लिन नेता/कार्यकर्ता कारागार पुगेका थिए। 
 
यता जेन्जीका केही युवाहरूले भने आफूहरुले रिहाई गर्न माग नगरेको बताएका छन्। उनले जेलमा सजाय भोगिरहेकालाई निकाल्ने आफ्नो उद्देश्य नभएको र त्यसको जिम्मा नलिने बताएका छन्। नख्खु जेलसहित विभिन्न जेलबाट कैदीहरू निस्किरहेका छन्।

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:५१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology