काठमाडौं : नेकपा एमालेले आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनका प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन आयोगको नेतृत्व चयन गर्ने कार्यसूचीसमेत रहेको बताए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को निर्वाचन आयोगको अध्यक्षमा हाल डा.बिजय सुब्बा रहेका छन्। उपाध्यक्षमा सानुराज पोखरेल, सचिवमा डा. कुन्साङ लामा रहेका छन् भने २७ जना सदस्य रहेका छन्।
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको हो। एमालेको दोस्रो विधान महाधिवेशनमा २ हजार ३४१ जनाको सहभागिता छन्।