Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

१२ औँ गोरखा महोत्सव : पुस ४ गतेदेखि हुँदै

१२ औँ गोरखा महोत्सव : पुस ४ गतेदेखि हुँदै

इच्छाकामना न्युज

२०, भाद्र २०८२
१२ औँ गोरखा महोत्सव : पुस ४ गतेदेखि हुँदै

गोरखा । गोरखा उद्योग वाणिज्य संघले १२ औँ गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०८२ गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै संघले आउँदो पुस ४ गतेदेखि १४ गतेसम्म मेला गर्न लागेको जनाएको हो ।

images

गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलमैदानमा मेला हुने आयोजकले जनाएको छ । जिल्लालाई देशभित्र र बाहिर पर्यटकीय, धार्मिक र ऐतिहासिक जिल्लाका रुपमा चिनाउदै पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको संघका अध्यक्ष भगवानबाबु मास्केले बताए । गोरखा भ्रमण बर्ष २०२५ लाई प्रवद्र्धन गर्ने उदेश्य समेत रहेको उनले जानकारी दिए ।

स्थानीय कृषि, घरेलु पशुपालनबाट उत्पादित बस्तु तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्य समेत रहेको बताइएको छ । मेलामा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारी आयोजको छ । राष्ट्रिय एवं स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति पनि मेलामा रहने संघले जनाएको छ ।

मेलका माध्यमबाट अत्याधिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्लामा भित्र्याउने लक्ष्य उद्योग वाणिज्य संघले लिएको छ । यस्तै, परम्परागत खानपान र खेलकुद मनोरञ्जनलाई प्रोत्साहन गर्ने, औद्योगिक सम्भावनाको पहिचान र पूर्वाधारको विकास गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, र राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनलाई प्रदर्शनीमार्फत प्रचारप्रसार साथै बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने संघका महासचिव चन्दनबाबु खत्रीले बताए । ‘मेलाको मुख्य आकर्षणहरु म्यान अफ द गोरखा दौड प्रतियोगिता, हस्तकला प्रदर्शनी, खुल्ला युगल तथा गोरखा नगरपालिकाभित्रका मावि स्तरीय नृत्य प्रतियोगिता, पाँचौ गोरखा तारा (गायन) कार्यक्रम, रत्यौली गीत प्रतियोगिता लगायतका कार्यक्रम पनि हुन्छन्’, उनले भने । मेलामा पालिका स्तरीय साँस्कृतिक कार्यक्रम समेत हुने उनको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - १३:२३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology