Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरको दामनमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सुरु

मकवानपुरको दामनमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सुरु

इच्छाकामना न्युज

१५, भाद्र २०८२
मकवानपुरको दामनमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सुरु
images

मकवानपुर  । मकवानपुरमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल तमू विद्यार्थी छोंज धीं केन्द्रिय कार्यसमितिको आयोजना तथा नेपाल तमू गुरुङ विद्यार्थी छोँजधीँ मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ५ पालुङ फुर्केमा शुक्रबारदेखि तीन दिने खेपा लिपी सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

images
images


थाहा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष विष्णु बहादुर गुरुङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं का पूर्व केन्द्रिय अध्यक्ष तथा खेमा लिपिका अभियानता भीम गुरुङ, तमू (गुरुङ) विद्यार्थी छोंज धीं का केन्द्रिय अध्यक्ष पवन गुरुङ, उपमहासचिव अनिल गुरुङ संगठन विभाग प्रमुख सविन गुरुङको लगायतको उपस्थितिमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । आइतबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा दुई सय भन्दा बढीको सहभागिता रहेका छन् ।
सो अवसरमा थाहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बहादुर गुरुङले थाहा नगरपालिका बासी गुरुङहरुका लागि किताव (सौजन्य) उपलब्ध गराउनुभएको छ ।
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं का पूर्व केन्द्रिय अध्यक्ष तथा खेमा लिपिका अभियानता भीम गुरुङ प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०९:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology