Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्लस टु उतिर्ण गुरुङ विद्यार्थीलाई तमू धीं नेपालद्वारा करिअर कान्सिलिङ सहित सम्मान 

प्लस टु उतिर्ण गुरुङ विद्यार्थीलाई तमू धीं नेपालद्वारा करिअर कान्सिलिङ सहित सम्मान 

इच्छाकामना न्युज

१५, भाद्र २०८२
प्लस टु उतिर्ण गुरुङ विद्यार्थीलाई तमू धीं नेपालद्वारा करिअर कान्सिलिङ सहित सम्मान 
images

पोखरा ।  तमू धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण गुरुङ बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 
प्लस टु उतिर्ण ७४ जना गुरुङ विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा।चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।

images
images

प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु जातिको बारेमा बुझ्नुपर्ने बताए । उनले तमु बिद्यार्थीहरु शिक्षालगायत हरेक क्षेत्रमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले प्रस्तुति राख्दै प्लस टु उतिर्ण विद्यार्थीले पहिला आफुलाई राम्ररी चिन्ने अनि लक्ष्य निर्धारण गरि लक्ष्य प्राप्तिका लागि निरन्तर परिश्रम गर्नुपर्ने बताए। यो उमेर करिअर बनाउने टर्निङ पोइन्ट भएकाले जिन्दगी कस्तो बनाउने हो संवेदनशील बन्नुपर्दछ भन्दै धेरै उदाहरणहरु प्रस्तुत गरेका थिए। 

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय आमा समिती अध्यक्ष पवित्र गुरुङ, केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला समिती अध्यक्ष प्रेम बहादुर गुरुङ, तमु विद्यार्थी समितिकी रिसिता गुरुङले शुभकामना एवम बधाई मन्तव्य ब्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा चारभन्ज्याङ तमु समाज पोखराका युवा समिती र तमु धिं नेपाल केन्द्रिय युवा समितिका कलाकारहरुले नृत्य प्रस्तुती गरेका थिए।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०९:२६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology