Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग गुरुङ

तमू साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग गुरुङ

इच्छाकामना न्युज

१५, भाद्र २०८२
तमू साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग गुरुङ
images

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग गुरुङ चयन भएको छ । प्रतिष्ठानको शनिबार पोखरामा सम्पन्न भएको २३ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट अध्यक्षमा गुरुङ चयन भएको हो । 

images
images

अधिवेशनले गुरुङको नेतृत्वमा प्रतिष्ठानको  १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भेषबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा ओमबहादुर गुरुङ, सचिवमा कन्चन गुरुङ, सह–सचिवमा लोकबहादुर गुरुङ, कोषाध्यक्षमा श्यामबहादुर गुरुङ, र सह–कोषाध्यक्षमा लक्ष्मी गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा धनकुमारी गुरुङ, मणिलाल गुरुङ, पूर्णकुमारी गुरुङ, बिलबहादुर गुरुङ, मायाकुमारी गुरुङलाई सर्वसम्मत चयन गरेको छ भने बाँकी २ जना सदस्य कार्यसमितिले पछि मनोनीत गर्ने गरि निर्वाचन समितिले अख्तियारी दिएको छ ।

संस्थाका कानूनी सल्लाहकार अधिवक्ता कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि गुरुङले संस्थाले समुदायमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबाट आफू अत्यन्त प्रभावित भइ संस्थाप्रतिको प्रेम र सम्मानमा सृजना गर्नु भएको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुम गुरुङ, तमु धीं यु.के. का पूर्व अध्यक्ष तथा प्रतिष्ठानका अक्षयकोष दाता मुक्षेत्र गुरुङ, गुरुङ साहित्यिक मन्चका संस्थापक अध्यक्ष एवम् प्रतिष्ठानका आजिवन सदस्य गौरी गुरुङ, तमु प्रतिष्ठान नेपाल विद्यार्थी मन्चका अध्यक्ष सुदिप गुरुङ र प्रथम उपाध्यक्ष श्रीजङ गुरुङले आफ्नो मन्तव्य राख्नुभएको थिए । कार्यक्रममा सचिवद्वारा संस्थाको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा सन्चालन सचीव कन्चन गुरुङले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०९:०१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology