काठमाण्डौं, २० फाल्गुन ।
नेत्रविक्रम चन्दको पार्टी नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध आजबाट हटाउने भएको छ ।
बुधबारको सरकार र विप्लव पक्षबीच भएको बैठकमा आजैदेखि विप्लवको नेकपामाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको थियो ।
सरकार र विप्लव पक्षबीच बुधबार दुईपटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः वार्ता हुँदैछ ।
सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको हो ।
बुधबारको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह नेकपाका एक केन्द्रीय सदस्यले बताए ।