Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो

म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो

images

एजेन्सी

२०, फाल्गुण २०७७
म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो
images

काठमाण्डौं, २० फाल्गुन ।
सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। यसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ प्राप्त भएको बताइन्।

राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हाले यता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको बताइन्।

उनका अनुसार एउटा भिडिओमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ।

त्यस्तै अर्को एक भिडियोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र मारिएको देखिन्छ।

“म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्न सक्छन्, स्पष्ट छैन, तर प्रहरीको हतियार नौ एमएमको सबमेशिन गन जस्तो देखिन्छ,” उनले भनिन्।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । त्यस्तै अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - ०८:५६:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology