Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१ लाख २५ हजार राशीको ‘कविडाडाँ राष्ट्रिय आख्यान पुरस्कार’ तीर्थ गुरुङको ‘हिउँको गीत’ लाई

१ लाख २५ हजार राशीको ‘कविडाडाँ राष्ट्रिय आख्यान पुरस्कार’ तीर्थ गुरुङको ‘हिउँको गीत’ लाई

इच्छाकामना न्युज

५, भाद्र २०८२
१ लाख २५ हजार राशीको ‘कविडाडाँ राष्ट्रिय आख्यान पुरस्कार’ तीर्थ गुरुङको ‘हिउँको गीत’ लाई
images

चितवन । कविडाडाँ साहित्य समाज चितवनद्वारा स्थापित ‘कविडाडाँ राष्ट्रिय आख्यान पुरस्कार–२०८१’ साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ लाई प्रदान गरिने भएको छ । समाजले आज बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै साहित्यकार गुरुङको कृति ‘हिउँको गीत’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको हो । 

images
images

समाजले हरेक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरुमध्यबाट छनौट गरी उत्कृष्ट एक कृतिलाई ‘कविडाडाँ राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गर्ने गर्दछ । सोही अनुरुप २०८१ सालमा प्रकाशित भै छनौटमा परेका १० आख्यान पुस्तकहरु मध्यबाट ५ वटा अन्तिम छनौट गरी त्यसमध्यबाट ‘हिउँको गीत’ लाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशी १ लाख २५ हजार रुपैयाँ रहेको छ । 

पुरस्कारको घोषणा गरिएको भएपनि प्रदान गर्ने मिति भने पछि सार्वजनिक गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

ec03cb00-9405-4342-b0bd-42eb3ca98bc9.jpeg

images
प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - ०८:३९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology