Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

इच्छाकामना न्युज

३१, श्रावण २०८२
सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ
images

काठमाडौँ । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक कैदी शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। 

images
images

जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट पक्राउ परेकोको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए। उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले विराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, पाँच लाख जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो। उनी सजाय भोगिरहेकै अवस्थामा कारागारबाट फरार भएका हुन्।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले प्रनाउ खड्काले बताए।

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - १०:१९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology