Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला समयमै सक्न प्रचण्डको आग्रह

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला समयमै सक्न प्रचण्डको आग्रह

इच्छाकामना न्युज

२५, श्रावण २०८२
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला समयमै सक्न प्रचण्डको आग्रह
images

चितवन, साउन २५ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत रहन आग्रह गर्नुभएको छ।

images
images

आज भरतपुर–१५ स्थित रङ्गशालाको निरीक्षणपछि अध्यक्ष दाहालले रङ्गशालाको निर्माण कार्य निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रङ्गशाला भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

निरीक्षणका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले अध्यक्ष दाहाललाई रङ्गशालाको निर्माण प्रगतिको जानकारी गराएका थिए। हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएको छ।

सङ्घ र प्रदेश सरकारको सहकार्यमा भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको सो रङ्गशाला आगामी २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। रङ्गशालाको कुल निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार रहने अनुमान गरिएको छ।

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - १६:४६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology