Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको माडीमा प्रहरी र स्थानीयबीच झडप

चितवनको माडीमा प्रहरी र स्थानीयबीच झडप

इच्छाकामना न्युज

२३, श्रावण २०८२
चितवनको माडीमा प्रहरी र स्थानीयबीच झडप
images

चितवन । चितवनको माडीमा प्रहरी र स्थानीयका बीचमा आज साँझ झडप भएको छ । माडी नगरपालिका वडा नं २ भैरवपुरमा साउन २१ गते विद्युतीय धरापमा परेर एक गैंडा मृत फेला परेपछि निकुञ्जले जग्गा धनी हरिभक्त श्रेष्ठलाई पक्राउ गरेको बिरोधमा आज केही स्थानीयले प्रर्दशन गरेका थिए।

images
images

दिउँसो चक्काजामसहित मशाल जुलुस प्रर्दशन गरिएको थियो । मशाल जुलुसलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडपको अवस्था भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले प्रर्दशनमा सामान्य झडप भए पनि कसैलाई पक्राउ नगरिएको बताए।

झडपमा कोही घाइते भएको विषय इलाका प्रहरी कार्यालयले रिर्पोट नगरेको उनको भनाइ छ । धानखेत जोगाउन भन्दै श्रेष्ठले हुक गरेको करेन्ट छोड्दा गैंडा मरेकोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले गैंडालाई विद्युतीय धरापमा मारेर मार्नु कानुन विपरीतको घटना भएकोले यस बारेमा आवश्यक अनुसन्धान भइरहेको बताए । सोही दिन मकवानपुरको मनहरी गाउँपालिका(६ मा थापेको विद्युतीय धरापमा परेर जग्गाधनी लालबाबु मोक्तानको ज्यान गएको थियो।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - २३:०१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology