जस्तो छ जीवनको बाटो हिड्दै जानु पर्छ
को आफ्नो को पराइ चिन्दै जानु पर्छ
आज भोली कहाँ मिल्छ नाता सित्तैमा
मूल्य कस्को कति छ किन्दै जानु पर्छ
नसकिने रहेछ धेरै यहा बोझ पनि सहन
जेलिएका धागोहरु छिन्दै जानु पर्छ
लाग्छ कहिले काही दातमा ढुङ्गा लागेसरी
त्यसैले त राम्रो नराम्रो बित्दै जानु पर्छ
गण्डकीको सेरोफेरोमा हुर्के अनि बढे
झ्याङ्गिएको सपनाहरु पुरा गर्दै जानुपर्छ
जन्म मेरो गोरखा जिल्ला पालिका पर्याे गण्डकी
चेपाङको छोरा हु संघर्षको पाइला अगाडी
विनोद चेपाङ
गण्डकी गाउँपालिका ६, बन्टार गोरखा