Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बागमतीका निवर्तमान वन मन्त्री कृष्ण सिलवालको बिदाई कार्यक्रम सम्पन्न 

बागमतीका निवर्तमान वन मन्त्री कृष्ण सिलवालको बिदाई कार्यक्रम सम्पन्न 

images

इच्छाकामना न्युज

२३, श्रावण २०८२
बागमतीका निवर्तमान वन मन्त्री कृष्ण सिलवालको बिदाई कार्यक्रम सम्पन्न 
images

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री कृष्ण प्रसाद सिलवाललाई बिदाई कार्यक्रम सम्पन्न भएको छ । बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बिच मन्त्री सिलवाललाई बिदाई गरिएको हो । 

कार्यक्रममा बागमती प्रदेश वन निर्देशनालयका निर्देशक विद्यानाथ झाले निवर्तमान मन्त्रीसँग निरन्तर समवन्य गर्दे आफू मातहतमा रहेको कार्यालयले काम गरेको बताउनुभयो । उहाँले मन्त्रीज्यूले निरन्तर दिनुभएको सल्लाह सुझाव बमोजिम कामहरू गरेर सफलतापूर्वक सम्पन्न गरेको समेत जानकारी गराउनुभयो । कामगर्ने क्रममा उहाँको अनुशासन र इमान्दारिताबाट सबैलाई प्रेरणा समेत मिलेको बताउनुभयो । 

WhatsApp Image 2025-08-07 at 16.33.08_7e1ae7a0.jpg

यस्तै कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीले निर्वातमान मन्त्रीले गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गर्नुभएको स्मरण गर्दे खुशी व्यक्त गर्नुभयो । 

यस्तै कार्यक्रममा मन्त्रालयका सचिव डा. केदार बरालले निवर्तमान मन्त्री सिलवालसग काम गर्न निकै सहज रहेको बताउनुभयो । उहाँको कार्यकालमा धेरै सम्झना लायक कामहरू मन्त्रालयले गरेको समेत बताउनुभयो । यस्तै मन्त्रालयको उद्देश्य प्राप्तीको निम्ति उहाँले देखाउनु भएको मागदर्शन निर्देशनकै कारणले गर्दा मन्त्री ज्यूको कार्यकालमा उल्लेखनीय काम गर्न सफल भएको बताउनुभयो । 

WhatsApp Image 2025-08-07 at 16.33.08_7edc735a.jpg

कार्यक्रममा निवर्तमान मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालय र मन्त्रालय मातहत रहेका इमानदार र लगनशील कर्मचारीहरूका कारण मन्त्रालयले आफ्नो कार्यकालमा निकै धेरै उपलब्धिमूलक कामहरू गर्न सफल भएको बताउनुभयो । यस्तै उहाँले मन्त्रालयको उद्देश्य अनुरूप इमानदारी पूर्वक कार्य गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वर्तमान मन्त्री भरत बहादुर केसीले मन्त्रालयले पुर्व मन्त्री ज्यूले प्रदेशको वन तथा वातावरण क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउन ल्याउनु भएको विकासको खाकालाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा निर्वतमान मन्त्रीको प्रमुख स्वकीय, स्वकीय तथा सचिवालयका कर्मचारीहरूलाई समेत बिदाई गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ०८:५६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology