Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्कुल बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु

स्कुल बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु

इच्छाकामना न्युज

२३, श्रावण २०८२
स्कुल बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु
images

जनार्जन खत्री, सर्लाही । सर्लाहीको बरहथवामा बिहीबार साँझ स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।विद्यालय समय सकेर विद्यार्थीलाई घर छाड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खसेर धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको मृत्यु भएको हो ।

images
images

बिहीबार साँझ बरहथवा नगरपालिका–८, टाँडीमा बसबाट खसेर गम्भीर घाइते भएका बालकलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका थिए । विद्यालय छुट्टी भएपछि घर फर्किदै गर्दा बालकको दुर्घटनामा परेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार मृतक बालकको शव वीरगन्जमै रहेको छ । बस र बस चालक बागमती नगरपालिका–१०, बस्ने २१ वर्षीय राजकुमार यादव प्रहरी नियन्त्रणमै रहेका डिएसपी भट्टराईले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ०८:२८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology