Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण सुरू, साढे ४ वर्षमा सकिने

चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण सुरू, साढे ४ वर्षमा सकिने

images

इच्छाकामना न्युज

१८, श्रावण २०८२
चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण सुरू, साढे ४ वर्षमा सकिने
images

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण सुरू भएको छ ।

नेपाल आयाल निगमले चितवनको लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अघि बढेको हो ।

दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार अन्तर्गत १५ अर्ब रुपैयाँ लागतमा ६२ किलोमिटर लामो पाइपलाइन निर्माण सुरू भएको निगमले जनाएको छ । कुल लागतमध्ये १० अर्ब नेपाल आयल निगम र ५ अर्ब भारतीय आयल निगमले व्यहोर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो ।

अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार परियोजना प्रमुख इन्जिनियर प्रदीपकुमार यादवका अनुसार यो आयोजना ५४ महिना भित्र सम्पन्न गरिने छ । अम्लेखगंजदेखि लोथरसम्म ६२ किमी पाइपलाइन र लोथरमा भण्डार गृहसहितको ग्रीन फिल्ट टर्मिनल निर्माण गरिने उनले बताए ।

आयोजना अन्तर्गत पाइपलाइन बिछ्याउनेदेखि अत्याधुनिक डिपो निर्माणसम्मका सबै काम भारतीय पक्षले नै गर्ने परियोजना प्रमुख यादवले जानकारी दिए । लोथरमा कुल १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । पाइपलाइन निर्माणका लागि ४ अर्ब २८ करोड र भण्डारगृह सहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड रुपैयाँ खर्च हुनेछ ।

यादवका अनुसार बाराको अमलेखगञ्जबाट पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै समानान्तर हुने गरी ६२ किलोमिटर लामो १०.७५ इन्चको पाइपलाइन बिछ्याइने छ । जसबाट प्रतिघण्टा २७३ किलोलिटरको गतिमा पेट्रोलियम पद्धार्थ ढुवानी गर्न सकिनेछ ।

लोथरमा झण्डै ९२ हजार किलोलिटर क्षमताको आधुनिक पेट्रोलियम पद्धार्थ भण्डार गृह निर्माण गरिने छ । जसमा पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ । त्यस्तै, डिजेलका लागि १५ हजार ५०० किलोलिटर, हवाई इन्धनका लागि ३ हजार ६० किलोलिटर क्षमताका ३/३ वटा र मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई वटा भण्डारण टयांकी निर्माण गरिनेछ ।

नेपाल र भारत बीच २०८० जेठ १८ मा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप विस्तार सम्बन्धी सहमति भएको थियो । सोही अनुसार २०८१ असोज १७ गते नेपाल आयल निमग र भारतीय आयल निगमका बीचमा सम्झौता भएको थियो । भारतीय आयल नियमले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार नै अहिले निर्माण कार्य अघि बढाइएको हो ।

यसअघि २०७६ मा भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सम्पन्न गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - १०:५७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology