Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मृगौला पीडितलाई नेपाली कांग्रेस देवघाटबाट रु ५० हजार सहयोग

मृगौला पीडितलाई नेपाली कांग्रेस देवघाटबाट रु ५० हजार सहयोग

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
मृगौला पीडितलाई नेपाली कांग्रेस देवघाटबाट रु ५० हजार सहयोग
images

देवघाट, तनहुँ | मृगौला समस्याबाट पीडित देवघाट–५, साँढेबगर निवासी बिमती गुरुङलाई नेपाली कांग्रेस देवघाटले रु ५०,००० आर्थिक सहयोग गरेको छ। गुरुङ हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि उत्तम लामाका अनुसार, गुरुङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो।

सहयोग रकम नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य तथा समाजसेवी अर्जुन अधिकारीले काठमाडौंमै पुगेर पीडित गुरुङलाई हस्तान्तरण गरेका हुन्।

सहयोग संकलनमा तरुण दल देवघाटका अध्यक्ष तथा युवा नेता अमर फेवाली, तनहुँ–काठमाडौं सम्पर्क समितिका सदस्य निर्मल ज्ञवाली लगायतको सक्रिय भूमिका रहेको थियो।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १९:२३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology