Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात

राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात
images

भरतपुर । भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित हात पारेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भिम गुरुङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि बसन्त कुमालले एक गोल गरे ।

WhatsApp Image 2025-08-01 at 8.47.38 PM.jpeg

यो जितसँगै कालिका नगरकमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिबार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

२३ गतेसम्म चल्ने प्रतियोगितको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।   

WhatsApp Image 2025-08-01 at 8.47.37 PM (1).jpeg

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - ०९:२७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology