Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा मिटरब्याजीको पासोमा अझै पिडित छन् सर्वसाधारण, चेक बाउन्स बन्यो हतियार

चितवनमा मिटरब्याजीको पासोमा अझै पिडित छन् सर्वसाधारण, चेक बाउन्स बन्यो हतियार

इच्छाकामना न्युज

१५, श्रावण २०८२
चितवनमा मिटरब्याजीको पासोमा अझै पिडित छन् सर्वसाधारण, चेक बाउन्स बन्यो हतियार
images

चितवन । देशमा मिटरब्याजी बिरुद्धको कानुनको निर्माण भैसकेको छ । यधपी अझै कुनै न कुनै रुपमा समाजमा मिटरब्याजीहरुकै जर्बजस्त बोलवाला रहेको छ ।

images
images

प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्था तथा न्यायलयसम्ममा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो ।

जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म न कानुनले छोएको छ, न प्रशासन या प्रहरीले नै ? न त् न्यायलयले नै ?

बैंक तथा बित्तिय कारोबार गर्ने सँस्थाहरुले झै रकम लगानी गर्ने यस्ता मिटरब्याजी सुदखोरहरुले क्रृणीको घरघराना, जग्गा दृष्टि बन्धक वा रजिष्ट्रेशन पास गरेर राख्नुका साथै लगानीका बखत ऋणीको दस्ताखत गराएर अनधिकृत रुपमा खाली चेक लिने वा चेकमा मनमौंजी रकम भरि आफुसँग राख्ने अनि जुनदिन मिटरब्याज आउन बन्द हुन्छ, गुण्डा लगाउने देखि चेकवाउन्सको नाममा प्रहरीमा लगी हैरानी दिने वा अदालत मार्फत पिडीत ऋणीहरुको जायजेथा हडप्ने क्रम देशभर बढीरहेको छ ।

आम सर्बसाधरण र साना ब्यबसायीहरु बर्षेनी यस्ता मिटरब्याजीहरुको पासोमा परी आफ्नो ब्यबसाय, घरघराना, जायजेथा र सर्बस्व गुमाउन बाध्य भईरहेपनि बिगतमा काुनन अभावको कारण देखाई प्रहरी प्रशासनले उनीहरुलाई उन्मुक्ती दिईरहेको थियो भने अहिले चेक अनादरको हतियार प्रयोग गरेर तर्साइएको छ ।

गत केही दिन अघि नेपाल सरकारले मिटरब्याजसम्बन्धी कानुन पास गरिसकेको भएपनि जिल्ला प्रहरी कार्यालय चितवनमा भने अझै मिटरब्याजीहरुले चेकवाउन्सका नाममा आफ्नो धन्धा चलाईरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले गोप्य रुपमा जानकारी दिए ।
जिल्लामा आएका सयौं चेक अनादारका मुधाहरुलाई सुश्म अनुसन्धान र न्याय निरुपणभन्दा पनि हाकीमको आदेश, मिटरब्याजीहरुको प्रभाव र अन्य दबाबको आधारमा काम भैरहेको प्रहरी श्रोतको दाबी छ ।

तर जिल्लाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द गिरी चेक अनादारका मुधाहरुमा बैंक स्टेटमेन्टको सुक्ष्म बिश्लेषण गरेर मात्र न्याय निरुपणको निम्ती कार्बाही अगाडी बढेको बताँउछन् । यता एक मिटरब्याज पिडीत महिलाका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत मिटरब्याजी बिरुद्ध उजुरी दिदाँ उल्टै आफुलाई प्रहरीले अदालतमा गैसकेको मुधा किन ल्याएको भनि प्रतिप्रश्न गरेको बताईन् । अर्की एक पिडीत प्रहरीमा जाँदा मिटरब्याजीको प्रहरीसँगको हिमचिम देखेर निराश भएर फर्किएको बताईन् ।

यी त् प्रतिनिधी घटना मात्र हुन जिल्लामा दैनिक आउने चेक वाउन्सका अधिकांस घटनाहरु मिटरब्याजको हुने गरेको र ति चेकहरुको बास्तबिक्ता अध्ययन गर्ने भन्दापनि प्रभाव, दबाब, पहुँच र लाभको आधारमा काम हुने गरको पिडीतहरु बताँउछन् ।

कसरी पासोमा पर्छन पिडीत ?
लम्जुङ्ग भोटेओडारकी एक मिटरब्याज पिडीत रुपा गुरुङ्गले आफुलाई पुर्ब सहपाठीले नै मिटरब्याजको पासोमा पारेको बताएकी छन् । गुरुङ्गका अनुसार भोटेओडार नै घर भै हाल चितवनमा बस्ने नामुद मिटरब्याजी मन्दिरा अधिकारीले आफुसँग ६ लाखको २५ लाखसम्म तिर्न बाध्य पारेको बताएकी छन् ।

भण्डाफोरसँग कुरा गर्दै गुरुङ्गले आफुले ८ लाखको बदलामा नारायाणगढ सामान किन्न आएको बखत निज मिटरब्याजी अधिकारीले अर्का एक पुरुषको सहयोगमा उनीहरुकै रातो कारमा राखी अपहरण शैलीमा बलपुर्बक आफ्नो चेकमा रकम भर्न लगाई बैंकमा लगी ३२ लाख बराबरको रकम भरी सो चेक अनादारमा मुधा अहिले अदालतबाट फैसला गराई जेल हाल्ने अवस्था आएको दुखेसो पोखिन ।

अधिकारीजस्ता मिटरब्याजीले आफुजस्ता धेरै सोझा सिधा गृहणीहरुलाई फसाएर मर्नुपर्ने अवस्थामा पुर्याएको उनले गुनासो गरिन् । भण्डाफोर अभियानले गोप्य श्रोतहरुबाट प्राप्त गरेका केही बिबरणहरुलाई केलाउदा अधिकारी मिटरब्याजी धन्धामा सामेल भएको प्रष्ट देखिन्छ ।

यो बिषयमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई समेत पिडीतबाट मिटरब्याजी अधिकारीबिरुद्ध मिटरब्याज धन्धामा सामेल भै धेरैलाई पिडीत बनाएकोले आवश्यक छानबिन गरी कार्बाही र न्यायको लागी निवेदन दिईएको भएपनि प्रशासनले सो बिषय प्रहरीमा पठाएको प्रहरीले अदालतमा गैसकेको बिषय भनि पिडीतलाई न्याय दिलाउन कुनै पहल नगरेको पाईएको छ ।

अहिले त् झन उल्टै चेक अनादरको हतियार प्रयोग गरी पिडीतहरुलाई अझै शोषण र लुट्न मिटरब्याजीहरु माहिर हुँदै गएका छन् । एक पिडीतले भने जस्तै प्रहरी, प्रशासन, अडा अदालत सबै यान्त्रिक र अन्धा कानुनका अबिबेकी खेलाडी भएपछी कस्को के लाग्छ र ?

हामी मिटरब्याजी शोषणको जाँतोमा पिल्सीएरै सकिने भयौं उनीहरु फाईदा र स्वार्थको निम्ती तमासे बनेर बसेपछी हामी मर्नुको बिकल्प रहेन तर जुनदिन मर्न छाडेर मार्न उत्रियौं भने दुनियाँ अर्को हुनेछ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - २३:०३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology