Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन नारायणगढ सडकखण्डको १४ किलोमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दियो १ को मृत्यु, १ घाइते

मुग्लिन नारायणगढ सडकखण्डको १४ किलोमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दियो १ को मृत्यु, १ घाइते

इच्छाकामना न्युज

१२, श्रावण २०८२
मुग्लिन नारायणगढ सडकखण्डको १४ किलोमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दियो १ को मृत्यु, १ घाइते
images

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका- २९ चौधकिलोमा नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

images
images

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स)फेला पारेको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०८२ सोमवार - १९:२४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology