भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, भतेरीस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प १७८७ नम्बरको मोटसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०४५० नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको राजविराज नगरपालिका वडा नंं–७ बस्ने २३ वर्षीय राजीव रावत गम्भीर घाइते भएका हुन् ।
घाइते युवकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।